ग्राण्ड स्लाम टेनिसको उपाधि रोमानियाकी सिमोना हालेपले जितिन

0
27

काठमाडौं ।

रोमानियाकी सिमोना हालेपले करियरमा पहिलो ग्राण्ड स्लाम टेनिसको उपाधि जितेकी छिन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराती भएको फ्रेन्च ओपन टेनिसको फाईनलमा अमेरिकाकी स्लोआनी स्टेफेन्सलाई हराँउदै हालेपले उपाधि जितेकी हुन् ।

यसअघि तीन पटक ग्राण्ड स्लाम टेनिसको फाईनलमा पुगेर पनि उपाधिबिमुख भएकी हालेपले यसपटक भने पहिलो ग्राण्ड स्लामको स्वाद चाखिन् ।

स्लोआनी विरुद्धको पहिलो सेट हालेपले ३-६ ले गुमाईन् । दोस्रो सेटमा ब्रेक प्वाईन्ट गुमाएको अवस्था उल्टाँउदै हालेप ६-४ ले विजयी भईन् ।

तेस्रो तथा निर्णायक सेट ६-१ ले जित्दै हालेपले क्ले कार्टमा हुने वर्षको एक मात्रै ग्राण्ड स्लाम टेनिसको उपाधि सुरक्षित गरिन् ।

एजेन्सीको सहयोगमा

Comments

comments